Logo

२०८२ कार्तिक २७ गते बिहिवार

२०८२ कार्तिक २७ गते बिहिवार

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारले घेरे प्रहरी कार्यालय, टेकुमा तनाव

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारले घेरे प्रहरी कार्यालय, टेकुमा तनाव


  • 3.3K
    Shares

    अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै तामाङ कलाकारले घेरे प्रहरी कार्यालय, टेकुमा तनाव
    images

    काठमाडौँ । अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ गर्न पुगेका तामाङ कलाकार सहितका २८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ६ जना महिलासहित २८ जना रहेको टेकु स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारीले जानकारी दिए । 

    अधिवक्ता पाण्डेले तामाङ समुदायलाई होच्याएर अभिव्यक्ति दिएको भन्दै नेपाल तामाङ घेदुङका तर्फबात कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

    यही क्रममा आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरूले  परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको जनाइएको छ । 

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १४:३१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij