Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बाढी पहिरोका कारण बाजुरामा केही परिवार विस्थापित

बाढी पहिरोका कारण बाजुरामा केही परिवार विस्थापित


  • 1.8K
    Shares

    बाढी पहिरोका कारण बाजुरामा केही परिवार विस्थापित
    images

    बाजुरा । लगातार अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिराका कारण केही बस्तीहरु जोखिममा परेका छन् । बिहीबारबाट आएको अबिरल वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षापछि युनाका दिपलाल बुढा, जंगबहादुर सुनार, रंगमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ ।

    बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षापछि  हिमाली–३, युना र बौडीका पाँच घर भत्किएको बताए । वर्षापछि बौडीमा पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएको छ ।

    युनाका १३ परिवार बाढी र पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशुचौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ ।

    युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन् । घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन् ।

    गौमुलका पाँच परिवार विस्थापित

    लगातार अविरल वर्षाका कारण गौमुल गाउँपालिका–३, बेहरी ढल्काँडाका पाँच परिवार विस्थापित भएका छन् । विस्थापित भएका पाँच परिवार आफन्तको घरमा बसेका छन् । अरू आठ घर जोखिममा रहेको प्रहरी निरीक्षक कठायतले बताए । घरमाथिबाट पहिरो आएको र तलबाट नदीले कटान गर्न थालेपछि उक्त बस्तीमा जोखिम बढेपछि ती परिवार पूर्ण रूपमा विस्थापित भएका छन् ।

    बाजुरामा बाढीपहिरोको उच्च जोखिममा पर्ने जिल्ला हो । साविक २७ मध्ये १६ बढी गाविसको मानवबस्ती सार्नुपर्ने भू–गर्भविद्ले सुझाव दिएका जनाइएको छ । यही सिफारिसका आधारमा वि.सं. २०७२ मा एकीकृत बस्ती विकासको परीक्षणका लागि ७४ करोड रुपैयाँ रकम पनि विनियोजन गरिएको थियो । हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुन सकेको छैन ।

     

    प्रकाशित मिति :श्रावण १४ २०८० आइतवार - ११:२८:०१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij