२०८२ भाद्र ४ गते बुधवार
चितवन । चितवनको ईच्छाकामना गाउँपालिका–३ निवासी मीनाकुमारी राईले ७१ वर्षमा नागरिकता पाएकी छिन् ।
माइतीको पहिचान खुलाउन नसकेपछि लामो समयसम्म राईले नागरिकता पाउन नसकेको अवस्थामा स्थानीय जनप्रतिनिधिको पहलमा उनले नागरिकता पाएकी हुन् ।
वडा कार्यालयले माइती पहिचान नभएको भनी मुचुल्का र सिफारिस गरिदिएको र सोही आधारमा जिल्ला प्रशासनले नागरिकता बनाइदिएको हो”, वडाध्यक्ष नरबहादुर नेपालले भने, “कसैलाई नागरिकविहीन हुने अवस्था सिर्जना गर्नुहुन्न भन्ने आधारमा सकेको पहल गरी नागरिकता बन्ने वातावरण मिलाइदिएका हौँ ।”
वयोवृद्व अवस्थामा नागरिकता बनेसँगै मीनाकुमारी राई खुसी भएकी छिन् । “नागरिकता बनेपछि अब मैले पनि भत्ता पाउछु”, खुसी हुँदै उनले भनिन् । राईलाई ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ताका लागि पहल गरिने वडाध्यक्ष नेपालले बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij