२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । चीन सरकाले विदेशमन्त्री छिन काङलाई बर्खास्त गरेको छ। गत जुन २५ बाट सार्वजनिक जीवनमा नदेखिएका काङलाई चीनले बर्खास्त गरेको छ ।
उनको ठाँउमा पुनः वाङ यीलाई ल्याइएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वालाई उदृत गर्दै कतारी विश्व च्यानल अलजजिराले जानकारी दिएको छ ।
अलजजिराका अनुसार ५७ वर्षका काङको स्वाथ्यको कारण भन्दै वाङ यी ल्याइएको बताइएको छ । गत जुन २५ मा रुसी उपविदेशमन्त्री एन्द्री रुदेन्कोसँग भेटेपछि छिङ काङ सार्वजनिक भएका थिएनन् ।
कतिपय अमेरिकी मिडियाहरुले अमेरिकी समाचार वाचिकासँग प्रेम भएको समेत हल्ला गरेका थिए । तर, चीनले भनेजस्तो स्वाथ्यको कारण हो वा अमेरिकी हल्ला चलेजस्तो प्रेम सम्बन्धले हो, कुन कारण चै उनी अनुपस्थित भएका हुन् भन्नेमा अहिलेसम्म कुनै स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
चिनियाँ विदेश मन्त्रालयका प्रबक्ताबाट अमेरिकी राजदूत हुँदै विदेशमन्त्री भएका उनी सात महिना अगाडि मात्रै विदेशमन्त्री नियुक्त भएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij