Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- राम्रो कामलाई हाम्रो साथ समर्थन हुन्छ

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- राम्रो कामलाई हाम्रो साथ समर्थन हुन्छ


  • 1.2K
    Shares

    रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- राम्रो कामलाई हाम्रो साथ समर्थन हुन्छ

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई साथ दिने बताएका छन्। 

    बुधबार काठमाडौँमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक प्रचण्डले रास्वपालाई आफ्नो शुभकामना रहेको बताए। ‘अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी अत्यधिक बहुमत ल्याएको छ, हाम्रो उनीहरूलाई शुभकामना छ,’ प्रचण्डले भने, ‘राम्रो काम गरुन, राम्रो कामलाई हाम्रो साथ समर्थन हुन्छ।’ 

    प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै सराकारात्मक रहेको उनको भनाइ छ। ‘निर्वाचन सफलतापूर्वक सम्पन्न भयो। यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ,’ प्रचण्डले भने। 

    निर्वाचनको वातावरण बनाउन आफूहरूले सुरुवातदेखि नै पहल गरेको उनले स्मरण गरे। त्यही पहलले प्रतिनिधि सभाको निर्वाचन भएको उनको भनाइ थियो। ‘निर्वाचनको वातावरण बनाउन हामीले सुरुदेखि नै लिएको पहलकदमीको थोरै समीक्षा गर्‍यौँ। त्यो सहि थियो भन्ने नै छ,’ प्रचण्डले भने। 

    प्रकाशित मिति :फाल्गुण २७ २०८२ बुधवार - १९:३७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij