Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

हकप्रद शेयर निष्काशनको लागि मल्टीपर्पस फाइनान्सको बुक क्लोज मिति तय

हकप्रद शेयर निष्काशनको लागि मल्टीपर्पस फाइनान्सको बुक क्लोज मिति तय


  • 2.8K
    Shares

    हकप्रद शेयर निष्काशनको लागि मल्टीपर्पस फाइनान्सको बुक क्लोज मिति तय

    काठमाडौँ । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त शेयर निष्काशन प्रयोजनको लागि कम्पनीले बुक क्लोजको मिति तय गरेको हो । 

    कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि साउन १२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो । 

    बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

    कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर विक्रीका लागि स्वीकृति पाइसकेको छ । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १७:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij