Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

चालु खाता उच्च बचतमा, शोधान्तरको अवस्था कस्तो ?

चालु खाता उच्च बचतमा, शोधान्तरको अवस्था कस्तो ?


  • 456
    Shares

    चालु खाता उच्च बचतमा, शोधान्तरको अवस्था कस्तो ?

    काठमाडौं । चालु आर्थिक वर्षको  माघसम्म चालु खाता ४ खर्ब ९३ अर्ब रुपैयाँ बढीले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ। 

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा रहेको छ। समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ रहेको छ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो। यस्तै, समीक्षा अवधिमा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।

    समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो। 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा रहेको छ।

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - ११:३१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij