Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आइओसी ऋण तिरिसकेर आयल निगम नाफामा, १ बर्षमा कमायो १८ अर्ब

आइओसी ऋण तिरिसकेर आयल निगम नाफामा, १ बर्षमा कमायो १८ अर्ब


  • 3.0K
    Shares

    आइओसी ऋण तिरिसकेर आयल निगम नाफामा, १ बर्षमा कमायो १८ अर्ब

    काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले एक बर्षमा १८ अर्ब नाफा आर्जन गरेको छ । निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैयाँ नाफा कमाएको हो । 

    अघिल्ला दुई वर्षदेखि घाटामा रहेको निगमले पेट्रोलियम पदार्थको व्यापार गरेर आव २०७९/८० मा १८ अर्ब रुपियाँ नाफा कमाएको हो । 

    निगमका अनुसार आव २०७८/७९ मा ४८ अर्ब ९५ करोड रुपियाँ घाटा रहेको थियो । त्यस्तै आव २०७७/७८ मा ५९ करोड घाटामा थियो । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपियाँ नाफा कमाउन सफल भएको जानकारी दिए।

    रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएपछि निगमले भारतबाट महँगो मूल्यमा खरिद गरेर सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गर्दा निगम घाटामा गएको थियो । 

    तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न जग्गा धितोमा बैङ्कबाट ऋण लिएको निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो ।

    “रुस–युक्रेन युद्धका कारण महँगोमा इन्धन खरिद गरेर सस्तोमा बिक्री गर्दा दुई वर्षदेखि लगातर निगम घाटामा गएको थियो,” कार्यकारी निर्देशक साहले भने, “आव २०७९/८० को भदौ–असोजदेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएकाले इन्डियल आयल कर्पोरेसन (आइओसी) को ३१ अर्ब ऋण तिरेर नाफा कमाउन सफल भएका छौँ ।” 

    अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य घट्दै गएकाले बिक्री मूल्यमा नाफामा राखेर आइओसीको बक्यौता रकम र ऋण तिर्न सफल भएको उनले जानकारी दिए। 

    – यो खबर आजको गोरखापत्रमा छापिएको छ । 

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - १२:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij