Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पत्रकार नवराज बजगाईको जन्मदिन 'सेवा घर' मा

पत्रकार नवराज बजगाईको जन्मदिन 'सेवा घर' मा


  • 3.7K
    Shares

    पत्रकार नवराज बजगाईको जन्मदिन 'सेवा घर' मा

    बनेपा । बनेपा अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन्। बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाएका हुन्। 

    पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक/प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गरेका छन्। उनले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दैआएका छन् ।

    उनले सेवा घरका अभियान्ता अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन,डेटोल, मञ्जन, बस, फिनेल, सरफ, फलफूल, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडा हस्तान्तरण गरेका छन् ।

    सामग्री बुझ्दै अभियान्ता सुरेश हुमागाईले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताए । कार्यक्रममा धुलिखेल–१२, का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्तै सहयोगी भावनाका मान्छेहरुको साथले सेवा केन्द्र चलिरहेको भन्दै नगरपालिका र वडाले पनि सेवा केन्द्रलाई साथ दिएर जग्गा र तयारी भवन उपलब्ध गराएको बताए ।

    सेवा घरकी अभियान्ता जुनिता नगरकोटी श्रेष्ठले मानव कल्याण समाजले आफ्ना सात वटा सेवा केन्द्र मार्फत असाहयहरुको सेवा गरि रहेको र सबै सेवा केन्द्रमा गरी अहिले करिव ३ सय जना जति सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका असाहयहरु मानव कल्याण समाजको सेवा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरूको सेवाको लागि ६ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो ।

    जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले जानकारी गराए । मानव कल्याण समाजको शाखा कार्यालय काभ्रेमा खुलेदेखि नै पत्रकार बजगाईले आफ्नो जन्म दिन यहि आएर मनाउने गर्नु भएको छ । यो सेवा घरमा अहिले ७० जना असहायहरु रहेका छन।

    4.jpg

    nabarj.JPG

    2.JPG

    4.jpg

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १७:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij