Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कक्षा ११-१२ लाई पढाउने रञ्जु दर्शनाको इच्छा, फेसबुकबाटै मागिन् जागिर

कक्षा ११-१२ लाई पढाउने रञ्जु दर्शनाको इच्छा, फेसबुकबाटै मागिन् जागिर


  • 2.6K
    Shares

    कक्षा ११-१२ लाई पढाउने रञ्जु दर्शनाको इच्छा, फेसबुकबाटै मागिन् जागिर

    काठमाडौं । विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शना अब शिक्षण पेशा अपनाउने तयारीमा जुटेकी छन् । उनले कक्षा ११ र १२ मा पढाउने योजनासहित जागिरको खोजी सुरु गरेकी हुन् । रञ्जुले आज फेसबुकमा एउटा पोस्ट गर्दै आफूलाई अध्यापन आफ्नो एउटा प्यासनको क्षेत्र रहेको उल्लेख गरेकी छन् ।

    उनी लेख्छिन्, ‘हाइस्कुलका लागि नयाँ सेसन सुरु हुन गइरहँदा मैले अन्ततः आफ्नो एउटा रुचिको बाटोमा हिँड्ने निर्णय लिएकी छु, जुन भनेको विद्यार्थीहरुसँग घुलमिल हुने, उनीहरुबाट सिक्ने र उनीहरुको शिक्षामा मार्गदर्शन गर्ने हो । म कक्षा ११ र १२ का विद्यार्थीका लागि सामाजिक शिक्षा विषय अध्यापन गर्न खोजिरहेको छु ।’ 

    रञ्जुले यदि कसैको संगठनभित्र यस्तो अवसर र स्थान भएको खण्डमा आफूलाई सम्पर्क गर्न भनेकी छन् । उनले आफू सामाजिक विज्ञानसँग सम्बन्धित विषयहरुमा गेष्ट लेक्चरका लागि समेत खुल्ला रहेको जानकारी गराएकी छन् ।

    रञ्जुले राजनीति नै छोडेर अध्यापनमा लाग्ने मनस्थिति बनाएकी भने होइनन् । राजनीतिलाई पनि सँगसँगै लैजाने उनको भनाइ छ । उनी केही महिना अगाडि मात्रै विवेकशील साझाको महासचिव निर्वाचित भएकी थिइन् ।

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - १७:३०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij