Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित


  • 2.4K
    Shares

    कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक सकिएको छ । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टी सभापति शेरबहादुर देउवाले जानकारी दिए ।

    कांग्रेसले पहिलोपटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको छ । बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले नेपालका राजनीतिक दलहरूको बैठक सञ्चालनको क्रममा यो पहिलोपटक यस्तो भएको सुनाएका थिए ।

    “सम्भवत स् नेपालका राजनीतिक दलहरूकै संगठन सञ्चालन, बैठक सञ्चालनको प्रक्रियामा नै पहिलोपटक फेसबुकमार्फत प्रत्यक्ष रूपमा लाइभ गरिँदैछ,” उनले बैठकमा भने । आजको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका थिए ।

    बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ ।

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १५:३९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij