Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको भन्दै अनेरास्ववियुले अनुगमन गर्ने

कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको भन्दै अनेरास्ववियुले अनुगमन गर्ने


  • 2.2K
    Shares

    कक्षा ११ को भर्नामा मनपरी शुल्क उठाएको भन्दै अनेरास्ववियुले अनुगमन गर्ने

    काठमाडौँ । एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिका लगायत देशभरका नीजि माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुबाट मनपरी रुपमा चर्को शुल्क असुल गरिरहेको भन्ने गुनासोहरु आएकाले अनुगमन गर्ने जनाएको छ । 

    अध्यक्ष समिक बडालले सोमबार विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरसहित देशभरका कलेजहरुले के कति शुल्क उठाइएको र छात्रवृत्तिको छनोट के कसरी भैरहेको छ भन्ने कुरको जानकारी लिन र खबरदारी गर्न अनुगमन संयन्त्र परिचालन गर्ने घोषणा गरेका हुन् ।

    ‘स्थानीय सरकारको कार्यक्षेत्रभित्र पर्ने  माध्यमिक विधालयको शुल्क निर्धारण र छात्रवृत्ति वितरणमा स्थानीय सरकारहरुले पर्याप्त पहलकदमी नलिँदा अहिले अभिभावकहरु “शैक्षिक लुट”को शिकार भैरहेका छन’, अध्यक्ष बडालले भनेका छन् । 

    साथै अनेरास्ववियुले अहिले देखिएको शैक्षिक लुटको बिरुद्द गम्भीर कदम चाल्न, नीजि शैक्षिक संस्थाले लिन पाउने अधिकतम शुल्कको सिमा तोक्न, छात्रवृत्तिलाई पारदर्शी बनाउदै कम्तिमा २० प्रतिशत विद्यार्थीहरुलाइ अनिवार्य छात्रवृत्तिको व्यबस्था गर्न, छात्रवृति छनोट निष्पक्ष गर्न नेपाल सरकार तथा सबै स्थानिय सरकार प्रमुखहरुसँग माग गरेको छ । 

    अन्यथा, बेथितीको विरुद्द निर्णायक आन्दोलनमा उत्रने चेतावनी अनेरास्ववियुले दिएको छ ।

    aneraswobiu.webp

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - १०:२९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij