Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स


  • 2.9K
    Shares

    प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
    images

    काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आज बुधबारबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुल्ला भएको छ । 

    कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुल्ला गरेको हो । 

    यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आईपीओ बिक्री गर्न लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ । 

    लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - ११:१४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij