Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न


  • 1.0K
    Shares

    नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न
    images

    काठमाडौं । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/ ८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको जनाएको छ । 

    आर्थिक वर्ष २०८२/ ८३ का लागि लेखापरीक्षकमा पी. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ।

    अध्यक्ष कयालले कम्पनीलाई संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, तालिम तथा अनुसन्धान, वैज्ञानिक लगानी विविधिकरण र विश्वव्यापी लगानी अभ्यासमार्फत उदाहरणीय बनाउने प्रतिबद्धता व्यक्त गरे । 

    प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० सुभाष थापाले आर्थिक वर्ष २०८१ /८२ को कार्य प्रगतिबारे जानकारी गराउँदै २०८२ /८३ को रणनीतिक योजनाबारे सभामा प्रस्तुत गरे । मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितहरूबाट संकलित रकम सुरक्षित लगानी गरी उत्कृष्ट प्रतिफल ल्याउन व्यवस्थापनलाई आग्रह गरे । 

    त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा सही समय, स्थान र प्रतिफललाई प्राथमिकता दिन सुझाव दिँदै कम्पनीको ब्राण्ड ख्यातीलाई विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए । 

    सभाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट सिफारिस भई आएका सञ्चालकहरू कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाललाई अनुमोदन गरेको छ।

    RT__2156.jpg

    त्यसैगरी, आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ। नवनियुक्त सञ्चालकहरूले पदबहाली पनि गरेका छन्।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १९:३५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij