Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने


  • 876
    Shares

    प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    काठमाडौं ।  प्रभु इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१\८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । 

    आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयर धनीहरूलाई आकर्षक प्रतिफल प्रदान गरेको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन्  । 

    मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको उनको भनाई रहेको छ । 

    अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ । 

    प्रकाशित मिति :श्रावण २३ २०८२ शुक्रवार - १५:५४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij