Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय सभा बैठक: बजेटमाथि छलफल हुँदै

राष्ट्रिय सभा बैठक: बजेटमाथि छलफल हुँदै


  • 2.3K
    Shares

    राष्ट्रिय सभा बैठक: बजेटमाथि छलफल हुँदै

    काठमाडौं । संघीय संसद्‌को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ। सोमबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक सुचना टाँसेर स्थगित भएको थियो। सोमबार शीर्ष नेताहरुको छलफलमा सदनको अवरोध खुल्ने सहमति भएपछि मंगलबारदेखि राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश गर्ने भएको छ।  बैठक बिहान ११ बजेर १ मिनेटमा सुरु हुने संसद् सचिवालयले जनाएको छ। 

    राष्ट्रिय सभा बैठकका लागि सम्भावित कार्यसूची पनि तयार पारिएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकमााथि छलफल हुने छ। बजेटको मन्त्रालयगत छलफल चलिरहँदा प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको विरोधका कारण वैठक रोकिएको थियो। प्रधानममन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएपछि एमाले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो। 

    मंगलबारको राष्ट्रिय सभाको सम्भावित कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमा छलफल गरिनेछ।

    यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजनबारे छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - ०९:४२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij