Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

पढाइ छाडेको २१ वर्षपछि एसइई पास गर्ने वडाध्यक्ष को हुन् ? 

पढाइ छाडेको २१ वर्षपछि एसइई पास गर्ने वडाध्यक्ष को हुन् ? 


  • 1.8K
    Shares

    पढाइ छाडेको २१ वर्षपछि एसइई पास गर्ने वडाध्यक्ष को हुन् ? 
    images

    बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् ।

    माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । 

    वि.सं २०५८ मा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए। एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए । उनी २०६९ सालमा घर फर्किएका थिए । 

    घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घ संस्थामा आबद्ध भएका थिए । उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । 

    सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ । 

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १०:४६:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij