Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

धौलागिरी र खप्तड लघुवित्तको आजदेखि एकिकृत कारोबार सुरु

धौलागिरी र खप्तड लघुवित्तको आजदेखि एकिकृत कारोबार सुरु


  • 2.4K
    Shares

    धौलागिरी र खप्तड लघुवित्तको आजदेखि एकिकृत कारोबार सुरु
    images

    काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको आजदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । आजदेखि एकिकृत कारोबार गर्न लागेका धौलागिरी लघुवित्त र खप्तड लघुवित्तको शेयर कारोबार आजदेखि १५ दिनसम्म रोक्का रहने भएको हो । 

    यी दुई कम्पनी मर्ज भएर ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट आज असार २० गतेदेखि एकीकृत कारोबार हुँदैछ । सोही कारण दुई कम्पनीको शेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार भोलिदेखि रोक्का रहने भएको हो ।

    दुवै कम्पनीले मर्जरसम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरेका थिए । गत मंसिर १८ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले जेठ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो ।

     

    प्रकाशित मिति :आषाढ २० २०८० बुधवार - १२:३४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij