Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

धौलागिरी र खप्तड लघुवित्तको एकिकृत कारोबार हुदै, भोलि वित्तीय कारोबार बन्द हुने

धौलागिरी र खप्तड लघुवित्तको एकिकृत कारोबार हुदै, भोलि वित्तीय कारोबार बन्द हुने


  • 2.2K
    Shares

    धौलागिरी र खप्तड लघुवित्तको एकिकृत कारोबार हुदै, भोलि वित्तीय कारोबार बन्द हुने
    images

    काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको भोलि असार १९ गते कम्पनीको वित्तीय कारोबार बन्द हुने भएको छ । 

    एकिकृत कारोबारको तयारी स्वरुप असार १९ गते मंगलबार एक दिन दुबै कम्पनीको वित्तीय कारोबार बन्द हुने भएको हो । धौलागिरी र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पुरा गरी असार २० गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । 

    गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेका यी कम्पनीहरूले सात महिनाभित्र एकिकृत कारोबार शुरु गर्न लागेको हो । 

    दुई कम्पनी एक भई धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने कम्पनीले जनाएको छ । मर्जरपछि बनेको कम्पनीको केन्द्रिय कार्यालय गण्डकी प्रदेश बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका वडा नम्बर २ बाग्लुङमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् ।

    मर्जर प्रयोजनका लागि दुबै कम्पनीको शेयर कारोबार भने असार २० गतेदेखि बढीमा १५ कारोबार दिन रोक्का रहनेछ । मर्जर तथा प्राप्ति सम्बन्धित पछिल्लो व्यवस्था बमोजिम एकिकृत कारोबारको दिनदेखि बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १४:११:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij