Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

झापामा हात्तीले कुल्चिँदा ८० वर्षीया पन्नादेवीको मृत्यु

झापामा हात्तीले कुल्चिँदा ८० वर्षीया पन्नादेवीको मृत्यु


  • 1.6K
    Shares

    झापामा हात्तीले कुल्चिँदा ८० वर्षीया पन्नादेवीको मृत्यु

    झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ।  वडाध्यक्ष नारायण खनालका अनुसार हात्तीले कुल्चिँदा स्थानीय ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो।

    पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्ने गरेकी थिइन्। 

    झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले कुल्चेर मारेको थियो।

    डिभिजन वन कार्यालय (झापा) का प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठजनाको ज्यान गएको जानकारी दिए। रासस

    प्रकाशित मिति :आषाढ १८ २०८० सोमवार - १०:२०:१२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij