२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो।
रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको थियो। उनलाई पक्राउ गरिदिन बाँके प्रहरीले काठमाडौं जिल्ला प्रहरी परिसरलाई अनुरोध गरेपछि उनी समातिएका हुन्।
रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व सांसदसमेत हुन्। सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij