Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ


  • 3.0K
    Shares

    पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

    काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले रौनियारलाई पक्राउ गरेको हो।

    रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको थियो। उनलाई पक्राउ गरिदिन बाँके प्रहरीले काठमाडौं जिल्ला प्रहरी परिसरलाई अनुरोध गरेपछि उनी समातिएका हुन्।

    रौनियार पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व सांसदसमेत हुन्। सांसद रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १९:१७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij