Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नागरिकताको माग गर्दै माइतीघरमा आत्मदाहको प्रयास गर्ने निरजले पाए नागरिकता

नागरिकताको माग गर्दै माइतीघरमा आत्मदाहको प्रयास गर्ने निरजले पाए नागरिकता


  • 3.3K
    Shares

    नागरिकताको माग गर्दै माइतीघरमा आत्मदाहको प्रयास गर्ने निरजले पाए नागरिकता
    images

    विराटनगर । नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा आत्मदाहको प्रयास गरेका मोरङको कटहरी गाउँपालिका– ४ का निरजकुमार कामतले वंशजको नागरिकता पाएका छन् ।

    नागरिकता पीडित संघर्ष समितिको आन्दोलनका क्रममा ३० जेठमा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । सोमबार उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रदान गरे ।

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनमा सर्बोच्च अदालतले रोक लगाएपछि भएको प्रदर्शनका क्रममा निरजले आत्मदाह प्रयास गरेका थिए । उनी नागरिकता पीडित संघर्ष समितिका उपाध्यक्षसमेत हुन् ।

    निरजले नेपाली नागरिक बन्नका लागि ४ वर्षदेखि संघर्ष गरेको बताए ।

    निरजका हजुरबुवाले जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । हजुरआमाको वंशजकै नागरिकता थियो । राजमिस्त्री काम गर्ने बुबा किसुनदेवले पनि जन्मकै आधारमा नागरिकता पाएका थिए । उनकी आमा गुलाबदेवी चौधरीको भने वंशजको नागरिकता छ ।

    जिल्ला प्रशासन कार्यालय मोरङले जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई सोमबारदेखि नागरिकता वितरण गर्न थालेको हो । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक कार्यान्वयनका लागि सर्वोच्च अदालतले बाटो खोलेपछि नागरिकता लिन पुग्नेहरुको संख्या बढेको छ ।

    उनीहरुलाई नागरिकता वितरण सहज बनाउन जिल्ला प्रशासन कार्यालयले कोठा नम्बर १६ छुट्याएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए ।

     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १५:२४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij