Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

समृद्धि फाइनान्सको १३ औँ शाखा कपिलवस्तुको खरेन्द्रपुर 

समृद्धि फाइनान्सको १३ औँ शाखा कपिलवस्तुको खरेन्द्रपुर 


  • 2.1K
    Shares

    समृद्धि फाइनान्सको १३ औँ शाखा कपिलवस्तुको खरेन्द्रपुर 
    images

    काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको तेह्रौं शाखाको रुपमा शाखा कार्यालय खरेन्द्रपुर, कपिलवस्तुको समुद्घाटन कार्यक्र सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाईनान्सका संचालक बिनोद कुमार सुबेदीले संयुक्तरुपमा गरेका हुन ।

    फाईनान्सको प्रमुख संचालन अधिकृत चूडामणि खनालले संचालन गरेको उक्त कार्यक्रम संस्थाका संचालक बिनोद कुमार सुबेदीको सभापतित्वमा शिवराज नगरपालिकाका मेयर प्रमुख अतिथि रहेका थिए ।

    उक्त कार्यक्रममा मेयर अजय थापाले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे ।

    संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधाको बारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।

    उक्त कार्यक्रममा, चन्दौटा उध्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे, शिवराज नगरपालिका वडा नं-३ का वडा अध्यक्ष टेकलाल सापकोटा र वडा नं-४ का वडा अध्यक्ष नसिम अहमद खाँ लगायतले खरेन्द्रपुर क्षेत्रमाबैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै यस ठाउँमा रहेको जनता अधिकांश कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरी साक्षारताको बिकास गर्दै वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिए ।

    अन्त्यमा संस्थाका संचालकले यस ठाउँका बासिन्दाहरुको आवश्यकता बमोजिम वैकले आफ्ना सेवाहरु लाई परिमार्जन गर्दै गुणस्तरिय सेवा दिने कुरा विश्वस्त पार्दै कार्यक्रमको समापन गरे । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल तेह्र वटा पुगेको छ । संस्थाले अर्को बर्ष थप शाखाहरु प्नि उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १४:१२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij