Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एसइईको नतिजा असार १८ भित्रै सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा असार १८ भित्रै सार्वजनिक गर्ने तयारी


  • 4.7K
    Shares

    एसइईको नतिजा असार १८ भित्रै सार्वजनिक गर्ने तयारी

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ ।

    कार्यालयका अनुसार विद्यार्थीको प्राप्ताङ्क इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अङ्क पुनर्जाँचको काम भइरहेको छ । यस पटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागु हुने वा नहुनेबारे निर्णय हुन बाँकी रहेको बताइएको छ ।  

    सरकारले गत वर्षको एसईई नतिजामा नै लागु गर्ने गरी ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ तयार पारेको थियो । निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था छ ।

    तर, गतवर्ष कोरोना महामारीको असरका कारण पठनपाठन सहज नभएको र विद्यार्थीमा मार पर्ने भन्दै बोर्डले पुरानै ग्रेडिङ प्रणाली अनुसार नतिजा निकालेको थियो । यो वर्ष भने के गर्ने भन्नेबारे बोर्डमा छलफल चलिरहेको जनाइएको छ । 

    २०७९ चैत १७ गतेदेखि भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - १४:१०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij