Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग


  • 4.3K
    Shares

    एसईईको नतिजा सार्वजनिक गर्न चाहने संस्थाबाट आवेदन माग

    काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ-संस्थाबाट आवेदन माग गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न इच्छुक संस्थाहरूलाई असार १२ गतेभित्र आवेदन दिन भनेको हो ।

    आवेदन दिने संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्ने जनाइएको छ । एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने छ ।

    बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजा सम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ ।

    355200773_6465809ggrhjtjk.png

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - ११:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij