Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आशा लघुवित्तको विशेष साधारण सभा असार १६ गते, मर्जर सहित अन्य के–के छन् प्रस्ताव ?

आशा लघुवित्तको विशेष साधारण सभा असार १६ गते, मर्जर सहित अन्य के–के छन् प्रस्ताव ?


  • 2.4K
    Shares

    आशा लघुवित्तको विशेष साधारण सभा असार १६ गते, मर्जर सहित अन्य के–के छन् प्रस्ताव ?

    काठमाडौँ  । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा असार १६ गते विशेष साधारण सभा गर्ने स्थान तय गरेको हो । सभा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट, ककनी, नुवाकोटामा विहान १० बजे गर्ने कम्पनीले जनाएको छ ।

    लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि जेठ २३ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको अवस्थामा विशेष साधारण सभामार्फत प्राप्ति प्रस्ताव पारित गर्न लागेको हो ।

    यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू.२५ करोड ९९ लाख रहेको छ भने आशा लघुवित्तको रू.३८ करोड १६ लाख रहेको छ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन ।

    प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ । प्राप्ति पछि राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने तथा केन्द्रिय कार्यालय बनेपा नगरपालिका –१३ काभ्रेपलाञ्चोकमा रहने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनका लागि असार ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १५:५३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij