२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको राष्ट्रियसभा गृहमा सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रम भइरहेको छ । घोषणा सभालाई मोर्चासम्बद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।
यही क्रममा सम्बोधन गर्न पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्ने क्रममा कमरेड भन्न पुगे । त्यसपछि जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव अलमलमा परे । बीच आसनमा रहेका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलमलमा परे । एकैछिनमा मुसुमुसु हाँस्न थाले ।
हाँसो हलभरि फैलियो । खचाखच हलबाट हल्ला आएपछि अध्यक्ष नेपाल अलमलिए । उनले भने, ‘के भने हँ मैले के भने ? हलबाट आवाज आयो– उपेन्द्र कामरेड
त्यसपछि मुस्कुराउँदै नेपालले भने– सँगसँगै काम गर्दै आएका कमरेड नै हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij