Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दोस्रो वर्षको नतिजा हेर्न एसएमएस गर्दा पहिलो वर्षको अर्कै विद्यार्थीको नतिजा

दोस्रो वर्षको नतिजा हेर्न एसएमएस गर्दा पहिलो वर्षको अर्कै विद्यार्थीको नतिजा


  • 1.8K
    Shares

    दोस्रो वर्षको नतिजा हेर्न एसएमएस गर्दा पहिलो वर्षको अर्कै विद्यार्थीको नतिजा

    काठमाडौं । त्रिभुवन परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा परेका छन् ।

    कार्यालयले बिहीबार नतिजा प्रकाशित गरिएपछि विद्यार्थीले नतिजा हेर्नको लागि ३३६२४ मा आफ्नो सिम्बोल नम्बर राखेर एसएमएस गर्दा पहिलो वर्षको अर्को परीक्षार्थीको नतिजा देखाइरहेको विद्यार्थीले बताएका छन् । विद्यार्थी विष्णु पौडेल भन्छन्, ‘त्रिविको लापरबाहीले पनि हद नाघ्यो हिजै यस्तो समस्या भईरहेको छ भनेर खबर गरेको अहिलेसम्म अपडेड गरिएको छैन ।’

    नतिजा आएको सूचना पाएपछि एसएमएस गरेर नतिजा हेर्न खोज्दा रमेश कार्कीको पहिलो वर्षको नतिजा देखाएको उनले बताए । यस्तो समस्या देखिएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा फोन गरेर जानकारी गराउँदा समेत अहिलेसम्म सम्बोधन नभएको उनले बताए ।

    अर्का विद्यार्थी विवे राज ओझाले पनि आफ्नो नतिजा हेर्नको लागि एसएमएस गर्दा विन्दिया नाम गरेको विद्यार्थीको पहिलो वर्षको नतिजा आएको बताए । उनी भन्छन् ‘यो त साह्रै लापरबाही भएन भनेको ? करिब एक वर्षपछि नतिजा निकालेको छ अझै अनलाइन अपडेट छैन ।’ त्रिवि पनिकाले एमपीए दोस्रो वर्षको परीक्षा २०७९ साल भदौ–असोजमा सञ्चालन गरेको थियो ।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - ११:४६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij