२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । आगामी असार ३ गतेबाट देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले यस्तो घोषणा गरेको छ । परिषद्ले माग पूरा गर्न सरकार गम्भीर नबनेकाले विद्यालय बन्दको घोषणा गर्न बाध्य हुनुपरेको बताएको छ ।
बजेटमा विद्यालय माग सम्बोधन नगरेको भन्दै कर्मचारीहरू यतिखेर आन्दोलित भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij