Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अर्थमन्त्रीलाई हेर्दै ओलीले भने– तपाईंको अनुहार हेर्दा माया लाग्छ, के गर्ने वातावरण यस्तै छ

अर्थमन्त्रीलाई हेर्दै ओलीले भने– तपाईंको अनुहार हेर्दा माया लाग्छ, के गर्ने वातावरण यस्तै छ


  • 2.2K
    Shares

    अर्थमन्त्रीलाई हेर्दै ओलीले भने– तपाईंको अनुहार हेर्दा माया लाग्छ, के गर्ने वातावरण यस्तै छ

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको अनुहार हेर्दा माया लाग्ने टिप्पणी गरेका हुन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो भने । ।

    अर्थमन्त्रीको अनुहार हेर्दा माया लाग्छ । यहाँ भुतले खाजा खानेबेला पर्नुभयो । वातावारण यस्तै छ । तपाईको मन सफा होला । सेनामा एकजना सज्जन छ भने अरु धेरै खराब छन् भने त्यो सज्जनको काम लाग्दैन् । तपाईको नियत के हो पछि जवाफ दिनुहोला,’ उनले भने ।

    साथै, उनले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताए ।उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दावी समेत गरे ।

    बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोशेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए । त्यस अवसरमा ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्न भन्दा पनि उपलब्धिमा देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिए।

    उनले भने , ‘हामीले निर्माण गरेको संविधानले प्राप्त गर्ने लक्ष्य राखेको समाजवाद उन्मुख अर्थ व्यवस्थाको मार्गबाट बजेट विचलित भएको छ । कसले मन परायो, कसले मन पराएन ? किन भयो, भएन ? संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ ।

    समाजवाद उन्मुख अर्थतन्त्र भनेको पूँजी उन्मुख होइन, मानव उन्मुख हो । घराना उन्मुख होइन, समाज उन्मुख हो । ठूलालाई पैसा कमाउने अवसरमाथि अवसर थप्ने होइन । आम जनताको जीवनस्तर माथि उठाउने हो । उत्पादन, उत्पादकत्व वृद्धि गर्ने नाममा पूँजीको केन्द्रिकरण होइन । वितरणमा न्यायोचिततासहितको बजेट हो । त्यसमा विमुख छ । त्यसलाई छोडेको छ । नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति बजेट विल्कुल विमुख छ । यसले अकर्मण्यता र शिथिलताले ग्रसित छ । यसमा भिजनहिनता छ । यसले देख्दैन परसम्म ।

    चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको । यसले देख्दैन, भिजन छैन । पोलिसी छैन । त्यसकारण यसमा अकर्मण्यता छ । र, शिथिलता छ । परिणाममा हेरियोस् म केही भन्दिन । माननीयजीहरुले पछि बहस गर्ने क्रममा जवाफ त मलाई दिन सक्नु हुन्छ । परिणामबाट, उपलब्धिबाट जवाफ दिनुस म सत्तापक्षलाई भन्न चाहन्छु । यो उदासिन छ । किन भनेको भने अहिलेको सरकार आय स्रोत कसरी बढाउने ? त्यसमा प्रयास अगाडि बढाउने, प्रयासमा तीव्रता दिने, प्रयासलाई योजनावद्ध ढंगले अघि बढाउने त्यसकुरामा ध्यान छैन । 

    अझिंगर जस्तो छ । डम्म सुतेको छ । अगाडि केही आयो भने तानेर खाउला भनेर बसेको छ । भन्सार राखिदिएको छ । त्यहाँबाट रकम असुल भयो भने, एयरपोर्टबाट भयो भने, भैरहवाबाट भयो भने, उताबाट भयो भने आएको बजेट भन्सारमा थापेको छ नि त्यस टोकरीमा आईलाग्यो भने स्वाप्प पार्ने । एउटा नीतिमा भनिएको छ । ’

    अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अझिंगरसँग तुलना समेत गरे। सुतेर बसेको अझिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशामात्रै रहेको ओलीले बताए ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १६:१८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij