Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्दै युनाइटेड अजोड इन्स्योरेन्स


  • 2.2K
    Shares

    जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्दै युनाइटेड अजोड इन्स्योरेन्स
    images

    काठमाडौँ । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गर्दै छन् । 

    गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गते नै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ ।

    अन्तिम सम्झौताअनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । 

    हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रुपैयाँ रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने १ अर्ब रुपैयाँ रहेको छ ।

    बीमा क्षेत्रमा पूँजी वृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका हुन् । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बीमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्नेछ । 

    युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो । प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता भाँडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जर प्रक्रिया अघि बढाएको हो ।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - १४:५६:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij