Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

दिनभरको उतारचढावपछि सामान्य बढ्यो नेप्से, १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार

दिनभरको उतारचढावपछि सामान्य बढ्यो नेप्से, १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार


  • 2.1K
    Shares

    दिनभरको उतारचढावपछि सामान्य  बढ्यो  नेप्से, १ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार
    images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य वृद्धि भएर बन्द भएको छ । दिनभरजसो उतार चढाव भइरहेको बजार ५.८८ अंकले बढेर १८८३.२० विन्दुमा रोकिएको छ । आइतबार ०.३१ प्रतिशतले सेयर बजार बढेको हो ।

    आइतबार २७२ धितोपत्रको ३४ हजार ३३१ वटा कारोबारबाट ४८ लाख २८ हजार ७७६ कित्ता सेयर किनबेच भएको छ । आइतबार कारोबार रकम १ अर्ब ६० करोड रुपैयाँको भएको छ । उपसूचकहरुमा समेत मिश्रित नजिता आएको छ । आइतबार विकास बैंक, वित्त, जलविद्युत, उत्पादन र प्रशोधन उपसूचकको मूल्य घटेको छ । अन्य उपसूचक भने बढेका छन् ।

    आइतबार राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेवलमा बढेको छ । आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६.५६ प्रतिशतले गुमाए । शिवम् सिमेन्ट, राष्ट्रिय बीमा कम्पनी, तारागाउँ रिजेन्सी, सिटिजन्स इन्भेन्टमेन्ट ट्रष्ट, नेपाल टेलिकमसहितका कम्पनीको बढी कारोबार भएको छ 

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १४:३३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij