२०८२ भाद्र ७ गते शनिवार
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अब कसैले पनि जोगाउन नसक्ने टिप्पणी गरेका छन् ।
शनिबार आफ्नो नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई राम–राम मात्र भन्न सकिने तर काँध हाल्न नसकिने बताएका हुन् । उनले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको दावी गर्दै प्रचण्डको कडा आलोचना गरे ।
उनले भने, ‘सिध्धिसकेका प्रचण्डलाई ल्याएर मैले एउटा ठूलै जुरा हाल्दिएँ । अलिकति सिङ हाल्दिएँ । पछि हामीलाई नै सिध्याउँछु भन्न थाल्नु भो । अब प्रचण्डलाई काँध हाल्न सकिन्न । राम भन्न मात्र सक्छौँ । उहाँ खिँइदै खिँइदै गएर सकिन लाग्नुभएको छ ।’
प्रचण्ड खिइएर सकिन लागेको प्रधानमन्त्रीको तर्क थियो । प्रधानमन्त्री ओलीले अब प्रचण्डलाई झाँक्रीले पनि बचाउन नसक्ने टिप्पणी गरे ।
‘प्रचण्डजीको त मलाई यसो माया लाग्छ । पहिले उहाँसँग वैद्य थिए, उनले छाडे । त्यसपछि डाक्टर ल्याउनुभो, उनले पनि छोडे । अहिले झाँक्री लिनुभएको छ । अब उहाँलाई झाँक्रीले बचाउन सक्दैन,’ उनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij