Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

उषाकला र शेरबहादुर ओली समूहमा प्रवेश, आमसभामा ओलीले गरे घोषणा

उषाकला र शेरबहादुर ओली समूहमा प्रवेश, आमसभामा ओलीले गरे घोषणा


  • 5.7K
    Shares

    उषाकला र शेरबहादुर ओली समूहमा प्रवेश, आमसभामा ओलीले गरे घोषणा
    images

    प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश सभा सदस्य उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन्।

    केन्द्रीय सदस्य तामाङले आफू ओली समूहमा फर्कन लागेको बताए। उनले शनिबार आफू गृहजिल्लाको कार्यक्रममा व्यस्त रहेका कारण विराटनगरमा आयोजित आमसभा सहभागी हुन नसकेको बताउँदै सोही आमसभामा प्रधानमन्त्री ओलीले आफूहरुको प्रवेशबारे घोषणा गर्ने जानकारी दिए।

    ‘प्रधानमन्त्रीसँग बिराटनगरमा हुने आमसभामा सहभागी हुने कार्यक्रम थियो। तर जिल्लामै दुई वटा कार्यक्रम रहेकाले सहभागी हुन नपाउने भएँ’, तामाङले भने, ‘प्रधानमन्त्रीले बिराटनगरमा आयोजना हुने आमसभामा घोषणा गर्नुहुने छ।’

    लामो समयसम्म नेकपा अध्यक्ष माधवकुमार नेपालसँग निकट रहेका तामाङ र राई पति–पन्त्नी हुन्। सिन्धुपाल्चोकका तामाङ विघटित प्रतिनिधिसभाका सदस्य हुन् भने राई प्रदेश १ की प्रदेशसभा सदस्य हुन्।

    यसअघि पुस ६ गते ओली पक्षको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका तामाङ त्यसको केही सयमपछि प्रचण्ड–नेपाल समूहमा गएका थिए। उनले पूर्व एमालेहरु एक हुनुपर्ने बताउँदै त्यसैका लागि आफू ओली नेतृत्वको नेकपामा फर्किंन लागेको बताए।

    प्रकाशित मिति :फाल्गुण ८ २०७७ शनिवार - १४:१२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij