Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी

आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी


  • 5.6K
    Shares

    आज विराटनगरमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, दुई लाख जनता उतार्ने दाबी
    images

    मोरङ । नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ ।

    विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने जनसभामा दुई लाख जनता उपस्थित हुने  घिमिरेले बताए । आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्नेछन् ।

    सभामा सहभागी हुने प्रदेश १ का विभिन्न जिल्लाका कार्यकर्ता तथा शुभेच्छुकका लागि १ हजार ५०० सार्वजनिक बसको व्यवस्था गरिएको घिमिरेले बताए । साना ठूला गरी १० हजार हाराहारी सवारी साधनमा सहभागीहरू विराटनगरमा उत्रने आकलन गरिएको उनले बताए ।

    कार्यक्रम व्यवस्थापनको जिम्मा पार्टीको मोरङ जिल्ला कमिटीले गरेको छ ।  केन्द्रीय सदस्य विनोद ढकालका अनुसार आमसभा अघि विभिन्न ६ स्थानबाट र्‍याली निस्कने छन् । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्‍याली निसक्नेछन् । र्‍याली १२ बजेसम्म सभास्थलमा पुग्नेछन् । सवा १२ बजेबाट कार्यक्रम सुरू हुने उनले जनाए ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन भएछि नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित छ । दुबै समूहले समानन्तर रूपमा आफ्ना गतिविधि अघि बढाइरहेका छन् ।

    दाहाल-नेपाल समूह पुस ५ को कदम ‘प्रतिगमन’ भन्दै आन्दोलित छ भने ओली समूह वैशाखमा मध्यावधि चुनाव घोषणा भइसकेकाले चुनावमा जानुको विकल्प नभएको भन्दै शक्ति प्रदर्शनमा लागेको छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७७ शनिवार - ०८:४७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij