Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

सङ्घीय व्यवस्थाको विकल्प छैन : मुख्यमन्त्री भट्ट

सङ्घीय व्यवस्थाको विकल्प छैन : मुख्यमन्त्री भट्ट


  • 5.1K
    Shares

    सङ्घीय व्यवस्थाको विकल्प छैन : मुख्यमन्त्री भट्ट
    images

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास र समृद्धिका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ ।
        
    प्रजातन्त्र दिवसको अवसरमा दिवस मूल समारोह समितिद्वारा आज धनगढीमा आयोजित कार्यक्रममा उहाँले ठूलो बलिदानी र त्यागवाट प्राप्त सङ्घीय लोकतान्त्रिक व्यवस्थाको विरोध गर्नेबाट सजग हुनु पर्नेमा जोड दिनुभयो । जनचाहनाअनुसार अहिलेको व्यवस्था ल्याइएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “केहीले यो व्यवस्था ठीक छैन, प्रदेश नै आवश्यक छैन भन्नेजस्ता भ्रम फैलाउने कार्य गरिरहेका छन्, यस्ता भ्रमबाट सबै सजग हुनु पर्दछ ।”

    मुख्यमन्त्री भट्टले प्रदेश सरकारले गरिरहका कामको परिणाम आउन समय लाग्ने बताउँदै प्रदेशको विकासका लागि हिजोको भन्दा फरक ढङ्गले काम गर्नु आवश्यक छ भन्नुभयो । सो अवसरमा मुख्य मन्त्री भट्ट, प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त, सभामुख अर्जुनबहादुर थापाले संयुक्तरुपमा सुदूरपश्चिम प्रदेश सरकारले गएकोे तीन वर्षको अवधिमा गरेका उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

    समारोहमा प्रदेश सरकारका मन्त्री, र उच्च पदस्थ कर्मचारी, प्रदेश सभा सदस्य उपस्थित हुनुहुन्थ्यो । यसअघि आजै मुख्यमन्त्री कार्यालयबाट शुरु भएको प्रभातफेरी बजारका मुख्य मुख्य भाग हुँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयको परिसरमा पुगेपछि मुख्य समारोहमा परिणत भएको थियो ।

    सुदूरपश्चिम प्रदेशमा प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा गठन भएको मूल समारोह समितिको पहलमा यही फागुन ६, ७ र ८ गते तीन दिन विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदै छ । रासस

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - १६:२८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij