२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख (गभर्नर)मा रौतहट जिल्लाका राजेश झालाई नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आज शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिले आजै शुक्रबार सो प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्। परियार प्रचण्ड निकट हुन् । उनी संबिधानसभा सदस्य भएका व्यक्ति हुन् ।
राष्ट्रपति कार्यालयले झाको जिल्लाबाहेक अन्य विवरण दिएको छैन । राजेश अहिराजले चर्चित राजेश झालाई नै सो पदमा नियुक्त गरिएको बताइएको छ ।
राजेश अहिराजका नामले चिनिने मधेश अध्येता राजेश झाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । झालाई सम्पर्क गरी सोध्दा उनले नियुक्तिबारे औपचारिकरुपमा पुष्टि हुन बाँकी रहेको जनाए। उनले अहिले आफू बालुवाटार प्रधानमन्त्री कार्यालय जाँदै गरेको बताए ।
पछिल्लो समय उनी प्रधानमन्त्री ओलीको पक्षमा बहसमा सहभागी हुने गरेका छन् । ओलीका हरेक कदमको बचाउ गर्ने गरेका झा भारतीय दुताबास निकट व्यक्ति पनि हुन् ।
मधेशबाणी साप्ताहिक र रेडियो कार्यक्रम चलाउने उनैको नाममा मधेश अध्ययन केन्द्र र मधेश मिडिया हाउस संचालनमा छन् जसको सम्पूर्ण खर्च भारतीय दुताबासले व्यहोर्ने गरेको छ। उनलाई उक्त पदमा नियुक्त गर्न दुताबासले ओलीलाई दबाब दिएको श्रोतको भनाई छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij