२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा।पा। वडा नं। ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय लाई वैशाख २९ गते शुक्रवार हस्तान्तरण गरेको छ ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा पा का अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी बाट संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी उक्त विद्यालय भवन हस्तान्तरण गरिएको हो ।
उक्त समारोहमा नेपाल बैंक लिमिटेडका मधेश प्रादेशिक कार्यालयका प्रमुख श्री प्रदिप कुमार पाठकको सभापतित्वमा सम्पन्न भएको थियो । परवानीपुर गा।पा। का अध्यक्ष श्री रामक्षत्री प्रसाद कुर्मी प्रमुख अतिथी र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा परवानीपुर गा।पा। का उपाध्यक्ष सुगान्धी देवी, प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, परवानीपुर गा।पा। वडा नं। ४ का अध्यक्ष श्री गम्भीरा राउत कुर्मी तथा विद्यालयका प्रधानाध्यापक श्री मदन प्रसाद कुर्मी विशेष अतिथि को रुपमा रहनुभएको थियो ।
परवानीपुर गा।पा। वडा नं। ४ का पुर्व अध्यक्ष राजेन्द्र प्रसाद पटेल, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राम ठाकुर तथा राष्ट्रिय वाणिज्य बैंक मधेश प्रादेशिक कार्यालयका उप प्रमुख सन्ध्या सिंह लगायतका अतिथिहरुले उक्त कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
आदर्शनगर शाखाका शाखा प्रबन्धक कमल रेग्मी र विद्यालयका शिक्षक रोशन यादवले संयुक्त रुपमा संचालन गरेका थिए । उक्त कार्यक्रममा विद्यालय क्षेत्र आसपासका विभिन्न पेशा व्यवसायीहरु, विभिन्न संघसंस्थाका कार्यालय प्रमुख एवं कर्मचारीहरु, स्थानीय समाजसेवी, तथा सर्वसाधरणका साथै नेपाल बैंक लिमिटेडको मधेश प्रदेश अन्तर्गतका अधिकांश शाखाका शाखा प्रबन्धक लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij