२०८२ भाद्र ७ गते शनिवार
प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएका छन्। शुक्रबार एमिकस क्युरीका पाँच जना वकिलहरूको बहस सकिएको हो । शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन् ।
बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन दुबै पक्षका वकिललाई आदेश दिएको छ । यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गते यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।
पुस ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट निवेदक वकिलको तर्क छ ।
"हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ, १२ गते सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ," प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजको इजलासको अन्त्यमा भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij