Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

४३ वटा कम्पनीलाई धितोपत्र बोर्डले दियो नयाँ ब्रोकरको आशय पत्र, तीन वटाको खारेज

४३ वटा कम्पनीलाई धितोपत्र बोर्डले दियो नयाँ ब्रोकरको आशय पत्र, तीन वटाको खारेज


  • 1.9K
    Shares

    ४३ वटा कम्पनीलाई धितोपत्र बोर्डले दियो नयाँ ब्रोकरको आशय पत्र, तीन वटाको खारेज
    images

    नेपाल धितोपत्र बोर्डले थप १४ वटा नयाँ ब्रोकरकम्पनीलाई आशय पत्र ( एओआई ) दिएको छ ।

    पहिलो चरणमा १६ वटा र दोस्रो चरण थप १३ वटा कम्पनीलाई आशय पत्र दिएको थियो । बोर्डको बिहीवार बसेको बैठकले फेरि थप १४ वटा कम्पनीलाई दिइएको हो ।

    आशाय पत्र पाउने कम्पनी ४३ वटा पुगेको छ । आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । त्यसपछि बोडैले अनुगमन गर्नेछ । अनुगमन गर्दा मापदण्ड पुरा गरेका कम्पनीहरुले नै ब्रोकर लाईसेन्स पाउने छन् ।

    सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्राप्त गर्न बोर्डमा आवेदन दिएको इगल स्टक ईक्युटी प्राइभेटले लाइसेन्स नपाउने भएको छ । सो कम्पनीले रितपूर्वक निवेदन नदिएको, आवश्यक कागजात संग्लन नभएको र ऐन तथा यस नियमावली बमोजिम शर्त पूरा नगरेकोले अनुमतिपत्र जारी हुन नसक्ने बोर्डले जनाएको छ ।

    एनआईसी एशिया सेक्यूरिटिज कम्पनी नै खारेज भैसकेको छ । यता, सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले अनुमतिपत्रको लागि पेश गरेको निवेदन फिर्ता लिएको हुदाँ उक्त आवेदनहरु खारेज भएको ।

     

    प्रकाशित मिति :बैशाख २९ २०८० शुक्रवार - १७:२९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij