२०८२ माघ ७ गते बुधवार
काठमाडौं । होटल फरेष्ट इनले आजदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारमा रहेका नेपालीको आइपीओ जारी गर्ने भएको छ। बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले यो होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता शेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता शेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गर्न लागेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता शेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। आइपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।
आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij