२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । नेपाली कांग्रेसका ओखलढुङ्गाका नेता मित्रसेन दाहालको निधन भएको छ । कांग्रेस महासमिति सदस्य समेत रहेका दाहालको गएराति हृदयघातका कारण निधन भएको हो ।
उनी गत निर्वाचनमा ओखलढुंगा प्रदेश ‘क’ का प्रत्याशी उमेद्वार समेत रहेका थिए ।
नेपालको प्रजातान्त्रिक आन्दोलन, ओखलढुंगा जिल्लाको विकास निर्माण तथा विभिन्न सामाजिक कार्यहरुमा दाहाले पुर्याएको योगदान अतुलनीय रहेको कांग्रेसका महामन्त्री शशांक कोइरालाले बताए ।
सामाजिक सञ्जालमा लेख्दै महामन्त्री कोइरालाले दाहालको निधनले भौतिक उपस्थितिको अभाव सदैव महसुस भइरहने बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij