Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

५ टिप्स, जसले दीर्घ जीवन बाँच्न मद्दत गर्छन्

५ टिप्स, जसले दीर्घ जीवन बाँच्न मद्दत गर्छन्


  • 4.6K
    Shares

    • images
    ५ टिप्स, जसले दीर्घ जीवन बाँच्न मद्दत गर्छन्
    images

    काठमाडौं । दीर्घ जीवनको चाहना कसलाई पो नहोला र ? एकबारको जुनी स्वस्थ रहेर लामो उमेरसम्म बाँचौं भन्ने मानिसलाई चाहना हुन्छ नै ।

    आयु लम्ब्याउन धेरै कुरामा ख्याल पुर्‍याउनुपर्ने हुन्छ । यसमा खानपानदेखि बानी व्यहोरासम्मका कुरा पर्छन् । हार्वर्ड विश्वविद्यालयले गरेको एक अध्ययनले दीर्घायुको लागि स्वस्थ जीवनशैलीको अहम् भूमिका हुने देखाएको छ ।

    दीर्घायुको लागि स्वस्थ जीवनशैली, खानपान, व्यायाम, शरीरको सन्तुलन मुख्य कुरा भएको आयुर्वेदिक चिकित्सक डा. पुनेश्वर केशरी बताउँछन् । धुम्रपान र मदिरापनबाट सकेसम्म टाढा रहनु वा नियन्त्रण गर्नु राम्रो हुने उनी सुझाउँछन् । स्वस्थ रहनका लागि अपनाउनुपर्ने ५ टिप्सको बारेमा यहाँ चर्चा गरिन्छ ।

    १. स्वस्थकर खाना

    दीर्घायुको लागि सन्तुलित र स्वस्थकर खाना पहिलो सर्त हो । मिठाईजन्य कुरा, तारेको–भुटेको र जंकडफुडलाई टाढै राखेर घरमै पकाएको स्वस्थ, सन्तुलित, विषादिरहित खानेकुरा खानुपर्ने डा. केशरी बताउँछन् ।

    स्वस्थ जीवनका धुम्रपान र मदिरापान गर्नु राम्रो होइन । ‘तर अत्यधिक अल्कोहल सेवन हानिकारक भए पनि शरीरका लागि केही मात्रामा अल्कोहल पनि आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘केमिकलयुक्त बजारमा पाइने अल्कोहलबाट चाहिं टाढै रहनुपर्छ । तर घरमा आफैं बनाएको स्याउ, अंगुर वा अन्य खाद्यपदार्थ तथा जडिबुटी राखेर बनाएको शुद्ध मदिरा सन्तुलित रुपमा सेवन गरे शरीरलाई फाइदाजनक नै हुन्छ ।’

    २. समयमै सुत्ने र उठ्ने

    अहिलेको व्यस्त जीवनशैलीले सुत्ने र उठ्ने तालिकामा फेरबदल आएको छ । बेलुका अबेरसम्म बस्ने र बिहान ढिलो उठ्ने प्रवृत्ति बढिरहेको छ । ‘राति छिट्टै सुतेर बिहान छिटो उठ्नु चाहिं स्वस्थ जीवनका लागि राम्रो हो,’ डा. केशरी भन्छन्, ‘यसले दीर्घायुको लागि मद्दत गर्नुका साथै हाम्रो जीवनशैली पनि व्यवस्थित बनाउँछ ।’

    ३. व्यायाम

    शरीरलाई निष्क्रिय राख्नुहुँदैन । त्यसका लागि कम्तीमा पनि दिनको आधा घण्टा व्यायाम, योगा वा जिमलाई छुट्याउनुपर्छ । यो पनि दीर्घ जीवनको अनिवार्य सर्त हो ।

    ४. नियमित स्नान र शौच

    स्वस्थ जीवनको लागि समयमै सुत्ने–उठ्नेसँगै नियमित स्नान र शौचको पनि भूमिका हुन्छ । नियमित नुहाउनाले शरीरमा स्फूर्ति पैदा हुन्छ र सकारात्मक सोचको विकास हुन्छ । यस्तै शौच निश्चित समयमा गर्ने बानी बसाल्नु राम्रो हुन्छ ।

    ५. सकारात्मक सोच

    दीर्घ जीवनका लागि सकारात्मक सोच राख्नुपर्छ । मनमा नकारात्मक कुरा खेलाइरहने गर्दा त्यसले तन र मन दुवैलाई बिरामी बनाउँछ । आशावादी र सकारात्मक हुने व्यक्तिले दीर्घजीवन बाँच्ने डा. केशरी बताउँछन् ।

    हामीले गर्ने गल्ती

    खाना पनि खाएकै छु, अलिअलि व्यायाम गरिएकै छ, तर कसरीको रोगको सिकार भइएछ ? भनेर प्रश्न गरेको समाजमा निकै सुनिन्छ । यसमा हाम्रो आफ्नै बानी कारण रहेको डा. केशरी बताउँछन् । ‘अहिलेको जीवनशैली अनुसार भोक लागेर होइन, खानुपर्छ भन्ने बाध्यताले हामी खाइरहेका छौं । अहिले भोकले भन्दा पनि खाना धेरै खाएर मान्छे मरिरहेका छन्,’ उनी भन्छन् ।

    अहिले धेरै व्यक्ति जंकफुडमा आकर्षित भएको देखिन्छ । एकैसाथ खान नमिल्ने कुरामा पनि धेरैको ध्यान पुगेको छैन । ‘खीरसँग ल्वाङ, गुलियोसँग नुन र अमिलो कहिल्यै खानुहुँदैन, तर हामीले भोजमा वा अन्य सेमिनारमा सबै कुरा मिसाएर खाइरहेका हुन्छौं । जुन शरीरका लागि हानिकारक हुन्छ,’ डा. केशरी भन्छन् ।

     

    प्रकाशित मिति :बैशाख १९ २०८० मंगलवार - १२:२२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij