Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

१ करोड २ लाख नागरिक बीमामा जोडिए: स्वास्थ्य बीमा बोर्ड

१ करोड २ लाख नागरिक बीमामा जोडिए: स्वास्थ्य बीमा बोर्ड


  • 533
    Shares

    १ करोड २ लाख नागरिक बीमामा जोडिए:  स्वास्थ्य बीमा बोर्ड

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्तसम्मको प्रगति सार्वजनिक गर्दै कुल १ करोड २ लाख २० हजार ८ जना नागरिकलाई बीमाको दायरामा ल्याउन सफल भएको जनाएको छ ।

    बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेका अनुसार, सक्रिय बिमितको सङ्ख्या ६८ लाख ४५ हजारभन्दा बढी रहेको छ । 

    हाल यो कार्यक्रम देशका ७५० स्थानीय तहमा विस्तार भई ५१० वटा स्वास्थ्य संस्थाहरूबाट सेवा प्रदान गरिँदै आएको छ । स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ मा संशोधन गरी सबै स्थानीय तहमा प्रथम सेवा विन्दुका लागि कम्तीमा एक सेवा प्रदायक संस्था अनिवार्य गरिने नीतिगत सुधार गरिएको छ । 

    बोर्डले ३१ लाख ५७ हजारभन्दा बढी परिवारलाई आबद्ध गराएको छ। करिब १२ लाख २२ हजार ज्येष्ठ नागरिक र ४ लाख ७७ हजार अतिगरिब नागरिक लगायत लक्षित वर्गलाई प्रिमियममा छुट र सहुलियतपूर्ण बीमाको व्यवस्था गरिएको मंगलबार बोर्डले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

    औपचारिक क्षेत्र र वैदेशिक रोजगारीमा रहेका परिवारलाई अनिवार्य आबद्ध गराउन कठिनाइ, दक्ष जनशक्तिको अभाव र संगठन संरचनाको कमीलाई बोर्डले प्रमुख चुनौतीको रूपमा लिएको छ । बोर्डका अनुसार दाबी भुक्तानी २०८१ चैतसम्मको सबै भइसकेको छ भने २०८२ असोजसम्मको भुक्तानी प्रक्रियामा रहेको छ ।

    प्रकाशित मिति :पौष २३ २०८२ बुधवार - ११:०६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij