Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पानी परेपछि रोकियो नेपाल-यूएईबीचको खेल

पानी परेपछि रोकियो नेपाल-यूएईबीचको खेल


  • 2.6K
    Shares

    पानी परेपछि रोकियो नेपाल-यूएईबीचको खेल
    images

    पानी परेपछि नेपाल र यूएईबीचको खेल रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ। ब्याटिङ गरिररहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको छ। 

    सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा ओपनर मुहम्मद वसिमलाई ललित राजवंशीको हातबाट क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए। पाचौँ ओभरको पाँचौ बलमा करण केसीले वृत्या अरविन्दलाई ८ रनमा विकेट किपर आशिफ शेखको हातबाट आउट गराए। 

    ८.१ ओभरमा करणले नै आर्यन लाक्रालाई १३ रनमा आरिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाए। रमिज शहजाद ९.१ ओभरमा १ रन बनाउँदा ललित राजवंशीको बलमा गुलसन झाबाट क्याच आउट भए। सन्दीप लामिछानेले १३.१ ओभरमा रोहन मुस्तफालाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। नेपाल ओडीआई वरीयताको १४ औँ र यूएईको १९ औँ स्थानमा छ।

    प्रकाशित मिति :बैशाख १८ २०८० सोमवार - ०९:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij