Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षकहरुको अन्यायपूर्ण सरुवा गरिएको भन्दै विरोध प्रदर्शन

शिक्षकहरुको अन्यायपूर्ण सरुवा गरिएको भन्दै विरोध प्रदर्शन


  • 2.4K
    Shares

    शिक्षकहरुको अन्यायपूर्ण सरुवा गरिएको भन्दै विरोध प्रदर्शन

    दाङ । घोराही उपमहानगरपालिकाले शिक्षकहरुको सरुवामा ज्यादतीपूर्ण गरेको भन्दै शिक्षकहरुले विरोध गरेको छ । ऐन–नियम विपरीत आस्थाका आधारमा फरक विचार राख्ने शिक्षकहरूको अन्यायपूर्ण सरुवा गरिएको भन्दै शिक्षकहरूले आज शुक्रवार घोराहीमा विरोध प्रदर्शन गरेका हुन् ।

    ब्यानर र हात–हातमा विभिन्न अधिकारमुखी नारा लेखिएका प्ले कार्ड बोकेर शिक्षकहरूले घोराहीमा विरोध ¥याली निकालेका थिए । गएको चैत ८ गते घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकको सरुवा गरेको थियो । शिक्षक सरुवा गर्दा महासङ्घको सहमति विपरीत गरिएको भन्दै गएको चैत १४ गतेदेखि शिक्षकहरूले विभिन्न प्रकारका आन्दोलनका कार्यक्रमहरू गर्दै आएको नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष प्रकाश डाँगीले बताए ।

    नेपाल शिक्षक सङ्घको कार्यालयबाट सुरु भएको विरोध ¥याली शहीदगेट, घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा समन्वय इकाइको कार्यालय हुँदै तुलसीपुर चोकमा आएर सकिएको थियो । नेपाल शिक्षक महासङ्घ घोराही नगर समितिको आयोजनामा भएको विरोध ¥यालीपछि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले ऐन–नियम विपरीत नेपाल शिक्षक महासङ्घ र पेसागत सङ्घ–सङ्गठनको सहकार्यविना आस्थाका आधारमा आतङ्क मच्चाउने गरी गरिएको शिक्षक सरुवा खारेज गर्न माग गरेका थिए ।

    आफूहरूको शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरे शिक्षकहरू कक्षाकोठा बन्द गरेर सडकमा आउन बाध्य हुने भन्दै अन्यायपूर्णरूपमा गरिएको सरुवा खारेज गर्न उनीहरूले माग गरेका छन् ।

    प्रकाशित मिति :बैशाख १५ २०८० शुक्रवार - २०:१२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij