Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने


  • 1.8K
    Shares

    प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बस्ने
    images

    प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मंगलबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

    राष्ट्रियसभाबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सभामा टेबुल गरेका हुन् ।

    यसैगरी राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ । 

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १३:४२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij