२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । मौसम महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपण यस्तो छ:
दिउँसोः कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
रातिः देशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ तथा बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij