Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित

सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित


  • 1.8K
    Shares

    सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित
    images

    बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको छ। समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि सिबिफिनले अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले सिबिफिनलाई प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित गरेको हो।

    वैशाख १ गते राष्ट्रपति कार्यालयमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहलाई प्रशंसापत्र हस्तान्तरण गरे।

    संस्थागत रूपमा पहिलोपटक प्रदान गरिएको उक्त मानपदवी प्राप्त भएकोमा सिबिफिनले खुशी व्यक्त गर्दै नेपाल सरकार र राष्ट्रपतिको कार्यालयप्रति आभार प्रकट गरेको छ ।

    सोही अवसरमा सिबिफिनले बैंक तथा वित्तीय संस्थाका लगानीकर्ता एवं निक्षेपकर्ताहरुको हकहितको संरक्षण एवं सम्बर्द्धन गर्ने, आपसी स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट गुणस्तरीय एवं भरपर्दो बैंकिङ सेवाको विस्तार गर्ने, बैंकिङ क्षेत्रमा देखा परेका समस्याहरूको समुचित निकासका लागि सरोकारवाला सबै पक्षहरूसँग सहकार्य गर्ने, वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नतिका लागि अध्ययन–अनुसन्धान गर्ने आएको जनाएको छ।

    यस्तै, सरोकारवाला पक्षहरुबीच परस्पर सहकार्य एवं सहयोग आदान–प्रदान गर्ने र दिगो आर्थिक विकासमार्फत सबल, सक्षम र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर सिबिफिनको स्थापना गरिएको र स्थापनाकालदेखि नै अनवरत रूपमा लागि पर्दै आएको सिबिफिनले जनाएको छ।

     

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १२:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij