Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

च्याट जिपिटीलाई प्रतिस्पर्धा गर्न आफ्नै एआई सार्वजनिक गर्दै मस्क

च्याट जिपिटीलाई प्रतिस्पर्धा गर्न आफ्नै एआई सार्वजनिक गर्दै मस्क


  • 1.8K
    Shares

    च्याट जिपिटीलाई प्रतिस्पर्धा गर्न आफ्नै एआई सार्वजनिक गर्दै मस्क

    आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याट जिपिटीलाई प्रतिस्पर्धा दिन इलन मस्कले एआई कम्पनी सुरू गर्ने योजना बनाएका छन्। 

    द फाइनान्सियल टाइम्सका अनुसार मस्कले ओपन एआईलाई टक्टर दिन आफ्नै एआई कम्पनी 'एक्स.एआई' दर्ता गराएका छन्।

    मस्कले पछिल्लो समय एआईको आलोचना गर्दै आएका थिए। यद्यपि उनी आफै एआई कम्पनी स्थापना गर्ने तयारीमा रहेको द फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख छ। 

    यसका लागि मस्कले विशेष अनुसन्धानकर्ता र इन्जिनियरहरूको टोली तयार पारिरहेको बताइएको छ। यसबाहेक थुप्रै लगानीकर्ताहरूसँग छलफल गरिरहेका छन्।

    मस्क टेस्ला र ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। नयाँ दर्ता भएको कम्पनी एक्स.एआईका समेत उनी निर्देशक भूमिकामा रहेको रिपोर्टले जनाएको छ। 

    हालसालै मस्कले ट्विटरको एक डेटा सेन्टरमा एआई विकासका लागि भन्दै १० हजार जिपियू पनि खरिद गरेको द फाइनान्सियल टाइम्समा उल्लेख गरिएको छ। यस हिसाबमा मस्क सिलिकन भ्यालीको जेनेरेटिभ एआई प्रणाली निर्माण कार्यमा सामेल हुन चाहेको बुझिन्छ। एआईप्रति उनको चासो बढ्दो देखिन्छ।

    प्रकाशित मिति :बैशाख ३ २०८० आइतवार - १२:२२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij